गर्भवती महिलाको आत्महत्या पछि आफैँ जन्मियो शिशु र बाँच्यो, कसरी ?

बीबीसी ।  भारतको मध्य प्रदेश कटनी जिल्लामा एक गर्भवती महिला आत्महत्याका लागि झुण्डिएपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मिएको भए पनि शिशु भने जिवितै रहेको छ । डाक्टरहरुका अनुसार शिशुको अवस्था ठिक छ ।

घटना गत बिहीबार विहान ६ बजेको हो । कटनी जिल्लाको कोतवाली भन्ने ठाउँकी लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन ।

विहान छ बजे तिर कोठामा श्रीमती नदेखेपछि खोजीमा निस्किएका उनका पति सन्तोष सिंहले गाईगोठमा पुग्दा झुण्डिएको अवस्थामा फेला पारे । महिलाको शरीरबाट नाल खसिसकेको थिएन भुईमा जिवित शिशु त्यसैमा वेरिएको थियो । त्यो देख्नासाथ सन्तोषले चिच्याए । तत्कालै परिवारका अरु सदस्य छिमेकी आए । कसैले पुलिसलाई फोन गरे कसैले डाक्टर बोलाए ।

मृत महिलाले जन्म दिएको शिशुको अवस्था गम्भीर थियो । डाक्टरले तत्काल शिशुलाई अस्पताल लगेर एनआईसियूमा राखेर उपचार शुरु गरे । बिस्तारै शिशुको अवस्था सुधार हुँदै आयो ।

डा. यशवन्त बर्माका अनुसार ‘महिला ९ महिनाकी गर्भवती थिइन् । शिशुको तौल झण्डै दुई किलोको थियो । महिला झुण्डिएपछि ग्रेभिटि (गुरुत्वाकर्षण)का कारण बाहिर आयो ।’

लक्ष्मीका पति सन्तोष सिंहका अनुसार उनकी श्रीमतीले किन आत्महत्या गरिन् भन्ने थाहा भएको छैन । उनले भने ‘घरमा सबै कुरा राम्रै थियो’ । बुधबार राति खाना खाएर सुतेको र भोलिपल्ट बिहान ६ बजेतिर उठ्दा श्रीमतीलाई नदेखेपछि खोजी गरेका थिए । लक्ष्मीले गोठमा गएर आत्महत्या गरेकी थिइन् ।

दुई छोरा र दुई छोरी गरी सन्तोषका अरु चार बच्चा छन् । कटनी जिल्लाका एसपस् विवेक कुमार लालका अनुसार यस घटनाको जाँच भैरहेको छ । के कारण ती महिलाले आत्महत्या गरिन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले शिशुको अवस्था सामान्य छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *