स्वास्थ्य मन्त्रालयद्धारा छ जना सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौँ, ६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै पदस्थापन तथा जिम्मेवारी हेरफेरको निर्णय गरेका हुन् ।

निर्णय अनुसार रमेश अधिकारीलाई व्यवस्थापन महाशखा टेकुको जिम्मेवारी दिइएको छ । यस्तै मोहम्मद दाउदलाई प्रदेश नं ३ को स्वास्थ्य निर्देशनालय प्रमुखमा पठाइएको छ । अर्का सहसचिव खिमबहादुर खड्कालाई प्रदेश नं ४ मा, दिनेश चापागाईलाई प्रदेश नं ५ को स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

यस्तै अर्का सहसचिव यदुचन्द्र गौतमलाई जिल्ला अस्पताल रौतहटको मेडिकल सुपरीटेन्डेन्ट बनाइएको छ ।

उता प्रदेश नं ५का स्वास्थ्य प्रमुख विनोद गिरीलाई नुवाकोट जिल्ला अस्पतालमा पठाइएको मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *