जिल्ला स्वास्थ्य कार्यालय यथावत राख्न मन्त्रिपरिषदमा पुग्यो प्रस्ताव
काठमाडौँ, ५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा जनस्वास्थ्य कार्यालय राख्ने योजना पुन अघि बढाएको छ । मन्त्रालयले सो सम्वन्धमा सैद्धान्तिक सहमति लिन गत सोमबार मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
मन्त्रालयले सहमतिका लागि पठाएको सोही प्रस्तावमा सातवटै प्रदेशमा तालिम केन्द्र, प्रयोगशाला, मेडिकल स्टोर र औषधि व्यवस्था विभागको शाखा कार्यालय स्थापना गर्ने भन्ने समेत छ ।
मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार यस सम्वन्धी प्रस्ताव गत सोमबार पठाएको हो । ‘अब मन्त्रिपरिषद्ले सहमति दिनासाथ हामी जिल्ला तथा प्रदेश कार्यालयमा कति जनशक्ति राख्ने ? नयाँ संरचनाले के के काम गर्ने ? आदि बारेमा तयारी हुनेछ,’ गुरागाईँले भने ।
मुलुक संघीय संरचनामा गएसंगै यसअघिको जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोरको संरचना खारेजमा परेको थियो । नयाँ संरचनामा ७७ वटा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयको ठाँउमा एउटा, दुईवटा र तीन वटासम्मका जिल्ला मिलाएर प्रदेश मातहतमा रहने गरी ३५ वटा स्वास्थ्य कार्यालय खोलिएको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जिल्ला स्वास्थ्य कार्यालय हटाउँदा स्थानीय तहको स्वास्थ्य सेवा प्रभावित हुने भन्दै सरकार पुरानो निर्णयबाट व्याक हुन खोजेको बताउँदै आएका थिए । मन्त्रालयका सहसचिव गुरागाईँले ७७ वटै जिल्लामा कार्यालय खोलेपनि आकार र कामको दृष्टिकोणले केही फरक हुनसक्ने बताए ।
सम्पर्क इमेल : [email protected]
Naya sangrachana ma Doctor ani nurse haruko darbandi kina katauti gareko sarkar ley??
Swastha karyalaya bhanera doctor ani nurse haruko darbandi nai narakhera Public health haawi bhayeko prasta chha…
Hospital ma kaam nagarne HA haru programme ko focal person bhayera Public health ko name ma TADA katera Gham tapne sanskar ko aanta garau…
Sewa mukhi huna sangrachana banauna argraha garau sarkaar lai…
sabai lai uchit thau diyos sarkar ley…
Doctor ani nurse haruko pani Swastha karyalaya ma darbandi hunu parchha….
yo ta sarasar hunxa teso hune bhaye!!
yesko birodh garnu parchha sabaijana milera!!
Swastha karyalaya ko organogram Revise hunu parxa!!