जनस्वास्थ्य संघकाे निर्वाचन सम्पन्न, ७२ प्रतिशत मत खस्यो
काठमाडौं, १३ असाेज । नेपाल जनस्वास्थ्य संघको निर्वाचन सप्पन्न भएको छ । निर्वाचनमा कुल १ हजार ५८९ मतदाता मध्ये १ हजार १५३ जना अर्थात ७२.३६ प्रतिशत भोट खसेको छ ।
बिहान ८ बजे बाट सुरु भएको मतदान अपराह्न ५ बजे सकिएको थियो । मतदान सकिए लगत्तै प्रदेशका मतदान केन्द्रहरुमा गणना सुरु भएकाे छ । काठमाडौंमा भने छ बजे पछि गणनाकाे तयारी छ।
पाेखरामा८० बर्षका जनस्वास्थ्यकर्मीले भाेट हाले
यसैबीच अाजकाे मतदानमा पाेखरामा ८० बर्षका जनस्वास्थ्य कर्मी डाक्टर कुमार सम्शेर जबराले भाेट हालेका छन् । ४० बर्ष सरकारी सेवामा बिताएका उनले जनस्वास्थ्य सेवामा सुधारकाे लागि मतदानमा सहभागी भएकाे बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]