विश्वका प्रत्येक २० मध्ये एकको मृत्यु मदिराका कारण : डब्लुएचओ

जेनेभा, ६ असोज । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ ।

राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको सङ्ख्या जोडिएको छ ।

झण्डै पाँच सय पृष्ठ लामो सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुनेगरेको पाइएको उल्लेख छ ।
डव्लुएचओका अनुसार मदिरा सेवनकर्ताको संख्या संसारभर २ अर्व ३० करोड रहेको छ ।

मदिरा प्रयोगकर्तामध्ये एक चौथाई भन्दा बढी अर्थात २७ प्रतिशत प्रयोगकर्ता १५ देखि १९ वर्ष उमेर समूहको रहेको डव्लुएचओले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *