चिकित्सकले विरामीको आवश्यकता नबुझेको आरोप

सुभा, २५ भदौ । चिकित्सकहरुले विरामीको आवश्यकतालाई बेवास्ता गर्ने गरेको फिजीका स्वास्थ्यमन्त्रीले आरोप लगाएका छन् ।

स्वास्थ्य सेवा दिने बेलामा स्वास्थ्यकर्मीहरुले विरामीहरूप्रति पर्याप्त ध्यान नदिने गरेको र उनीहरुको आवश्यकतालाई नबुझ्ने गरेको उनको भनाई छ ।

फिजी मेडिकल एसोसिएसनको ६०औँ बार्षिक बैज्ञानिक सम्मेलनमा बोल्दै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

फिजी ब्रोडकास्टिङ कर्पोरेसन(एफबीसी)ले सोमबार दिएको जानकारी अनुसार फिजीका स्वास्थ्यमन्त्री रोसी अकबरले स्वास्थ्यकर्मीहरुलाई सेवाको गुणस्तर सुधार्न आग्रह गरे।

फिजी नागरिकहरुसँग सहकार्य गर्न, उनीहरुको भावना बुझ्न र उनीहरुलाई पर्याप्त चासो दिन सकेमा मात्रै उद्देश्य अनुसारको उपलब्धि हासिल हुने उनले बताए।

उनले नसर्ने रोगहरुको निधान तथा न्युनिकरणका लागि राम्रो अभ्यासकर्ता, शिक्षक, वकील र राम्रो प्रशासक बन्न समेत चिकित्सकहरुलाई आग्रह गरे । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *