नेपाल डेन्टल एशोसिएशनको निर्वाचन : उपत्यका बाहिर आज मतदान
काठमाडौँ, २३ भदौ । नयाँ नेतृत्व छनौट गर्न नेपाल डेन्टल एशोसिएशनको मतदान शुरु भएको छ । विहान ९ बजे देखि शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
दुई चरणमा बाढिँएको चुनावको पहिलो चरण आज उपत्यका बाहिरका १० स्थानमा मतदान शुरु भएको हो । उपत्यकामा भने आगामी ३० भदौका लागि मतदान गर्ने दिन तोकिएको छ ।
कुल १४४३ जना सदस्य रहेको एशोसिएशनमा उपत्यका बाहिर ३९० को हाराहारीमा मात्रै मतदाता छन् । बाँकी मतदाता उपत्यका भित्रै छन् ।
एसोसिएनमा अध्यक्ष सहित ५ जना पदाधिकारी र ४ जना सदस्य गरी ९ वटा पदका लागि हो । तर, महासचिव र उपाध्यक्ष निर्विरोध भइसकेका छन् । बाँकी सात सिटका लागि १४ जनाको उम्मेद्धारी कायम छ ।
यसअघि दुई जनाको उम्मेद्धवारी परेको उपाध्यक्ष पदमा डा। हेमन्त हलुवाईले नाम फिर्ता लिएपछि अर्का उम्मेद्धवार डा।आशिष भट्टराई निर्विरोध भएका छन् । महासचिव पदमा भने शुरुमै डा. कुम्भराज जोशीको एक्लो उम्मेद्धारी परेको थियो । उनी उम्मेद्धारी दर्ता गर्ने बेलामै निर्विरोध घोषित भएका थिए ।
अध्यक्ष पदमा यसपटक डा. सुभित मास्के, डा. सेन्छेमा लिम्बु, डा. प्रविन्द्र अधिकारीबीच प्रतिस्पर्धा देखिएको छ ।
डा. मास्के त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दन्त चिकित्सक हुन् । उनको विशेषज्ञता प्रोस्थोडोन्टिक्समा हो । डा. लिम्बु कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा बालदन्त विभागकी एसोसिएट प्रोफेरस हुन् । डा. अधिकारी जनरल प्राक्टिसनर हुन् । उनले जाउलाखेलमा ३२ स्माइल क्लिनिक खोलेका छन् ।
तीनै जना उम्मेद्धारले कडा प्रतिस्पर्धाकाबीच आफूले बाजी मार्ने दावी गरेका छन् । उनीहरुले जितको आधार आफ्ना अजेण्डालाई मानेका छन् ।
यी हुन् नयाँ नेतृत्वका लागि भिडदै गरेका उम्मेद्धार
सम्पर्क इमेल : [email protected]