डा. पुनम क्षेत्रपाल सिंह ‘डव्लुएचओ’को दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकमा पुन: सिफारिस

काठमाडौँ, २० भदौ । डा. पुनम क्षेत्रपाल सिंह विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकमा पुन: सिफारिस भएकी छन् । उनी अहिले पनि यस क्षेत्रको क्षेत्रीय निर्देशक हुन् ।

भारतको नयाँ दिल्लीमा गत सोमबारबाट जारी डव्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको बैठकले डा सिंहलाई पुन पाँच बर्षे कार्यकालका लागि क्षेत्रीय निर्देशक बनाउन डव्लुएचओ मुख्यालयलाई सिफारिस गरेको हो ।

यो सिफारिसलाई आगामी जनवरीमा बस्ने डव्लुएचओको कार्यकारी समितिको बैठकले अनुमोदन गर्नेछ ।

सिफारिस पछि बधाई दिदै भारतका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नाड्डाले डा. सिंहको पहिलो कार्यकाल सफल रहेको भन्द्यै आगामी कार्याकाल पनि सफल रहने बताए । उनले सहश्राव्दी विकास लक्ष्य भेट्टाउने विश्वास व्यक्त गरे ।

डव्लुएचओका महानिर्देशक डा. टेड्रोसले डा. सिंह दक्षिण पूर्वी एसियाली क्षेत्रको नेतृत्व गर्ने पहिलो महिला भएको भन्दै गतिशील नेतृत्वदायी क्षमताको खुलेर प्रशंसा गरे ।

डा. सिंह सन २०१४ को १ फेब्रअरीबाट क्षेत्रीय निर्देशकको रुपमा पाँच बर्षे कार्यकाल सम्हाली रहेकी छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार, भुटान, उत्तर कोरिया, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, मालदिव्स र टिमोर लिष्टे पर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *