अमेरिकी र बेलायती सबैभन्दा अल्छी !

एजेन्सी । विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड रहेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनिक गरेको छ ।

शारीरिक परिश्रमका लागि उत्साहित बनाउने प्रयास निकै कम भएको संगठनले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शारीरिक परिश्रमको कमिका कारण मुटु रोग, मधुमेह अनेकौं किसिमका क्यान्सर लगायत स्वास्थ्य सम्बन्धी जोखिम अत्याधिक रहेको पाइएको छ ।

शारीरिक परिश्रम नगर्नेमा उच्च आय भएका बेलायती नागरिक अग्रस्थानमा परेका छन् ।

एसियाका दुई क्षेत्र बाहेकका विश्वका अधिकांश मुलुकमा पुरुषको तुलनामा महिलाको शारीरिक परिश्रम अत्यन्त कम रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

१ सय ६८ मुलुकका १९ लाख मानिसमा गरिएको ल्यान्सेट जनस्वास्थ्य सम्बन्धी प्रतिवेदन विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बेलायतमा ३२ र अमेरिकामा ३७ प्रतिशत व्यक्ति शारीरिक व्यायाममा निष्क्रिय भएको पाइएको छ ।

  • आजको कान्तिपुरमा प्रकाशित समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *