कोरोना सर्छ भनेर काम नगर्ने चिकित्सक बर्खास्त

रौतहट, ३२ जेठ । कोरोनाको संक्रमण सर्ने भनेर जिम्मेवारीबाट पन्छिदै आएका एक चिकित्सकलाई शुक्रबार रौतहटको मौलापुर नगरपालिकाले बर्खास्त गरेको छ । चिकित्सक भएर पनि कोरोना सर्छ भनेर कामै नगरेपछि उनी बर्खास्तमा परेका हुन् ।

मौलापुरको पतौरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.हरिशंकर प्रसादलाई जेठ २८ गतेबाट लागू हुने गरि सेवाबाट बर्खास्त गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए ।

‘कोरोना सर्छ भनेर बिरामी र क्‍वारेन्टाइनमै नगएर उनी बस्ने गरेका थिए । हामीले धेरै पटक अनुरोध गर्‍यौ,’उनले भने,‘चिकित्सकले नै कोरोना लाग्छ भनेर पछि हटेपछि बाध्य भएर बर्खास्त गर्नु परेको हो ।’

उक्त स्वास्थ्य केन्द्रमा दुईजजना मेडिकल अधिकृत रहेका थिए । बर्खास्तमा परेका चिकित्सक हरिशंकर तीन महिनाअघि करारमा काम गर्दै आएका थिए ।

संक्रमण बढिरहेको बेला नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनहरुमा बसेकाहरुलाई जाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था प्रति बेवास्ता गर्न थाले पछि सेवाबाट हटाइएको अधिकृत साहको दाबी छ । संक्रमणको बेला नगरपालिकाले उनलाई सुविधा पनि दोब्बर दिएको थियो ।

यही असार मसान्तमा चिकित्सकको करारको अवधि सकिदै थियो । तर कार्यसम्पादन ठिक नभएपछि नगरपालिकाले एक महिना अघि नै हटाएको हो ।

  • कान्तिपुरमा शिव गिरीको समाचार

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *