स्वास्थ्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी पुन: गुरागाईँलाई

काठमाडौँ, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको सहसचिव परिवर्तन गरिएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार उपप्रधान मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारी प्रशासन महाशाखाको सहसचिव परिवर्तन गरेका हुन् ।

बुधबारको निर्णय अनुसार कर्मचारी प्रशासन महाशाखामा जनसंख्या महाशाखाका सहसचिव जनार्दन गुरागाईलाई ल्याइएको छ । यसअघि कर्मचारी प्रशासनमा रहेका सहसचिव मधुसुदन बुर्लाकोटीलाई जनसंख्या महाशाखामा पठाइएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कर्मचारी सरुवा तथा व्यवस्थापनमा विवादित बनेपछि बुर्लाकोटीलाई कर्मचारी प्रशासन महाशाखाबाट हटाइएको हो ।

त्यसो त अहिले कर्मचारी प्रशासन महाशाखामा जाने गुरागाईँ बुर्लाकोटी आउनु अघि सोही महाशाखामा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *