दुर्घटनाका घाइते अस्पतालमा बन्दी

काठमाडौँ, ७ भदौ । चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उनको एउटा गोडामा स्टिल राखिएको छ भने अर्को गोडा काटेरै फाल्नुप(यो । करिब १७ लाख बिल उठेपछि रमेशको उपचार सकिएको छ ।

तर, पैसा तिर्न नसकेपछि उनी घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च आफूले तिर्न नसक्नु र यातायात व्यवसायी समितिले पनि नतिरिदिँदा उनी अस्पतालमै बन्दी बनेका छन् । उनका दाइ अर्जुन अहिले भाइलाई अस्पतालबाट कसरी छुटाउने भन्ने चिन्तामा छन् ।

‘अस्पतालका मान्छे उपचार खर्च नपाई कसरी घर पठाउने भन्छन्,’ अर्जुनले भने, ‘उपचार सकिएर पनि दुई सातादेखि अस्पतालमै छौँ, अस्पतालले कहिले घर जान दिन्छ अझै ठेगान छैन ।’

पीडितले ट्रकआबद्ध रहेको नारायणी यातायात व्यवसायी समितिसँग पनि उपचार खर्च बेहोरिदिन आग्रह गरे । तर, समितिले अहिलेसम्म कुनै तदारुकता देखाएको छैन । भाइ रमेश डिप्रेसनमा जाने हो कि भन्ने चिन्ता अर्जुनलाई छ । ‘कसलाई भन्ने, कहाँ गएर गुहार गर्ने केही थाहा छैन,’ उनले भने, ‘अस्पतालले दिनहु“ बोलाएर उपचार खर्च तिर्न दबाब दिइरहेको छ ।’

साढे १६ लाखको बिल कसले तिर्ने भन्ने विवादले उपचारपछि पनि अस्पतालमै
२९ असारमा काठमाडौंको लैनचौरस्थित मल्ल होटेलअगाडि काभ्रेस्थलीकी सीता ढकाल चढेको स्कुटरलाई यात्रुबाहक बसले ठक्कर दियो । स्कुटरको पछाडि बसेकी ५० वर्षीया सीता घाइते भइन् । उनलाई पनि उपचारका लागि ग्रान्डी अस्पताल पु(याइयो । तर, उपचारमा खर्च भएको करिब साढे १६ लाख तिर्न नसकेपछि उनी घर फर्किन पाएकी छैनन् ।

‘हिजो नै घर जाने कुरा थियो, तर समितिले पैसा नतिरिदिँदा जान पाएनौँ,’ घाइतेका छोरा रूपक ढकालले दुःख बिसाए, ‘पेमेन्ट गर भनेर अस्पतालले १० दिनअघिदेखि भन्दै आएको छ, तर मेरो हैसियत सरकारी अस्पतालमै लगेर आमाको उपचार गर्न सक्ने पनि छैन ।

धन्न ग्रान्डीले आमालाई त बचाइदियो, तर खुसी भएर घर फर्किन पाएका छैनौँ ।’ सीता चढेको स्कुटरलाई बालाजु बस व्यवसायी समितिमा आबद्ध यात्रुबसले ठक्कर दिएको थियो ।

२३ लाख तिर्न नसकेर खोटाङका घाइते उपचारपछि एक सातासम्म अस्पतालमै
खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका दीपेन्द्र श्रेष्ठले पनि अस्पतालमा बन्दी हुनुपर्दाको पीडा भोग्नुप(यो । लहान–धनगढी सडकखण्डमा २१ असारमा मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको उपचार त सफल भयो, तर खुसी लिएर सजिलै घर फर्किन पाएनन् । २३ लाख तिर्न नसकेर उपचार सकिएको एक हप्तासम्म पनि उनी ग्रान्डीमै रोकिनुप(यो ।

दुर्घटनामा दोषी ट्रकआबद्ध नारायणी यातायात व्यवसायी समितिका पदाधिकारीलाई पटक–पटक ज्यूज्यू गर्नुप¥यो । अन्ततः समितिले उपचार खर्च अस्पताललाई बुझाइदिएपछि घर फर्किन पाए । ‘डाक्टरले एक साताअघि नै घर गए हुन्छ भनेर डिस्चार्ज लेखिदिएका थिए, तर अस्पताललाई पैसा बुझाउन नसक्दा भाइलाई थप एक हप्ता घर लान पाएनौँ,’ दाइ गीर्वाण श्रेष्ठले भने, ‘एक सातापछि समितिका मान्छे आएर रकम बुझाइदिएपछि घर जान पायौँ ।’

ग्रान्डी अस्पताल भन्छ– पाँच करोडभन्दा बढी उठाउन बाँकी छ, मृतकको शवसमेत होल्ड गर्नुपर्ने अवस्था छ

ग्रान्डी अस्पतालका सहायक प्रबन्धक उज्ज्वल रेग्मी भन्छन्, ‘कतै न कतैबाट त उपचार खर्च पाउनुप¥यो नि हामीले । उपचार खर्च न समितिले दिन्छ न सरकारले । पैसा नै नलिएर कति समय सेवा दिन सकिन्छ र रु हामीले बिरामीलाई स्वस्थ बनाएर पठाउने पाटोमा कुनै कमी गरेका छैनौँ । तर, दुर्घटनाका घाइतेको उपचार गरेको पाँच करोडभन्दा बढी उठाउन बाँकी छ । कतिपय अवस्थामा त मृतकको शवसमेत होल्ड गर्नुपर्ने अवस्था पनि छ । भावनात्मक रूपमा त हामीलाई पनि नरमाइलो लाग्छ ।’

यातायात समितिले दिएका चेक बाउन्स
कतिपय दुर्घटनाका घाइतेको उपचार खर्च तिर्ने भन्दै यातायात समितिहरूले चेक दिएका छन् । तर, उनीहरूले दिएको चेक बाउन्स भएर अस्पतालले अर्को हैरानी खेपेको छ । समितिको चेक पाएपछि बिरामीलाई घर जान दिएको, चेक लिएर पैसा निकाल्न बैंक पुग्दा बाउन्स हुने गरेको ग्रान्डी अस्पतालका सहायक प्रबन्धक उज्ज्वल रेग्मीले बताए । सरकारले देशभर सञ्चालित यातायात समितिका बैंक खाता रोक्का गरेकाले चेक साट्न समस्या परेको हो । ‘पहिला चेक ल्याउनुस्, अस्पतालको चिठी र बिल ल्याउनुस् खुलाइदिन्छौँ भन्यो,’ रेग्मीले गुनासो गरे, ‘जिल्ला प्रशासन कार्यालयहरूको चिठी र बिलसहित चेक लिएर जाँदा त कहाँ खोल्न सक्छौँ, यो त केन्द्रले हेर्ने कुरा हो भनेर पो फर्काउँछन् ।’

अन्य निजी अस्पतालमा पनि ग्रान्डीकै अवस्था
ग्रान्डी र मेडिसिटीबाहेक नर्भिक, बी एन्ड बीलगायत निजी अस्पतालले पनि दुर्घटनाका घाइतेको उपचार गर्दै आएका छन् । मेडिसिटी अस्पतालका दुर्घटना केस इन्चार्ज सञ्जय त्रिपाठीले सिन्डिकेट अन्त्यपछि एक दर्जभन्दा बढी गम्भीर घाइतेको उपचार गरिएको बताए । ‘दुर्घटनाका घाइतेको उपचार खर्च दुई करोडभन्दा बढी उठाउन बा“की छ,’ उनले भने ।

  • आजको नयाँ पत्रिकामा अर्जुन पौडेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *