डा. केसीको माग तत्काल सम्वोधन गर्न नेपाल चिकित्सक संघको माग
काठमाडौँ, २० असार । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको माग तत्काल सम्वोधन गर्न सरकारसंग माग गरेको छ । उसले डा. केसीको बिग्रँदै गएको स्वास्थ्य र उपचारबाट समेत बन्चित भएको अवस्थामा तत्काल माघ सम्वोधन नगरिए अप्रिय घटना घटनसक्ने भन्दै सरकारलाई सचेत गराएको छ ।
उसले अन्यथा डा. केसीको जीवन रक्षाका लागि देशव्यापी विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
त्यसो त डाक्टर केसीको समर्थनमा संघको कर्णाली शाखाले ६ नम्बर प्रदेशका केही जिल्लाहरुमा आकस्मिक बाहेकका केही सेवा ठप्प पारेको छ ।
संघका महासचिव डा लोचन कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निषेधित क्षेत्र घोषणा गर्दा डा केसी उपचारबाट बन्चित भएको समेत उल्लेख छ ।
डा. केसीको अनशनको आज पाँचौँ दिन हो ।