नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, आधा जति फेल

400
Shares

काठमाडौँ, १० असार । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएकोे नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करीब ५० प्रतिशत (४९.७८ प्रतिशत) नर्स उत्तीर्ण भएका छन् । चार महिना अघिको परीक्षामा भने ८० प्रतिशत नर्स उत्तीर्ण भएका थिए ।

परिषद्की रजिष्टार लक्ष्मी राईका अनुसार शनिबारको परीक्षामा सहभागी हुन १ हजार ८११ जना नर्सले फारम भरेका थिए । तर परीक्षामा १३ जना नर्स अनुपस्थित रहे । २ जनाको नतिजा वीथ हेल्डमा राखिएको छ । परीक्षामा सहभागी कुल १ हजार ७९८ जना मध्ये ८५५ जना (४९.७८ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।

नर्सिङ कोर्ष उत्तीर्ण गरिसकेर सामान्य मानिने लाइसेन्स परीक्षामा आधा भन्दा बढी फेल हुनुले नर्सिङ शिक्षाको गुणस्तरमा समेत प्रश्न उठेको कतिपयहरुको भनाई छ । रजिष्टार राईले भने यसपटकको परीक्षामा अघिल्लो पटक फेल भएका धेरै नर्स सहभागी भएकोले नतिजा खस्किएको प्रतिक्रिया दिइन ।

नेपाल नर्सिङ परिषदले शनिबार लिएको १९ औँ लाइसेन्स परीक्षा हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *