डा. उपेन्द्र देवकोटाको आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, ५ असार । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।

सोमबार साँझ निधन भएका डा.देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल परिसरमा राखिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *