डा. उपेन्द्र देवकोटाको आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, ५ असार । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।
उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।
सोमबार साँझ निधन भएका डा.देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल परिसरमा राखिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



