एकीकृत प्रवेश परीक्षाको नीति बनाउन प्राडा अग्रवालको संयोजकत्वमा कार्यदल

काठमाडौँ, २९ जेठ । सरकारले चिकित्सक शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालन गर्ने निर्णयका लागि प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्राडा जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय मार्फत गठित सो समितिमा प्रडा सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ ।

समितिको सदस्य सचिवको जिम्मेवारी भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसी प्रसाद आचार्यलाई दिइएको छ मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले बताए ।

यस्तै मन्त्रालयले चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरुको “सिट संख्या निर्धारण समिति” गठन गरेको जनाएको छ ।

सदस्यमा काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन प्रा.डा. राजेन्द्र कोजु, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरू खनाल, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. राजेन्द्र गुरागाई  रहेका छन् ।

चिकित्सा शिक्षा आयोगका सचिव लालजंग चौहानलाई यस कार्यदलको सदस्य सचिव तोकिएको प्रेस संयोजक खड्काले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published.