‘औषधिको अभावमा मान्छे मर्नुपर्ने ? कसरी हुन्छ ?’
काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्माले मुलुको रारा तालको किनाराबाट देशवासीलाई सम्वोधन गरेका छन् । नयाँ बर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका उनले त्यहिबाट देशबासीको नाममा सम्वोधन गरेका हुन् ।
करीब ४३ मिनेट लामो सम्वोधनमा प्रधानमन्त्री ओलीले राजनीतिक, सामाजिक, आर्थिक सहित स्वास्थ्य क्षेत्रका विषयलाई उठान गरेका थिए ।
सो सम्वोनमा उनले उठाएका स्वास्थ्यका विषय यसप्रकार छन् :
- प्रदुषण र दुषित खाद्यका कारण संक्रामक र सरुवा रोग मात्रै होइन नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पिडीत छन् ।
उनीहरुको स्वास्थ्यको बारेमा चासो राख्नु राज्यको दायित्व हो । - स्वास्थ्य भनेको अस्पताल र ट्यावलेट मात्रै होइन । स्वच्छ हावा पानी स्वच्छ बाताबरण,स्वच्छ खानपान, उचीत आनिवानी र दिनचार्या हो ।
- एक चोटी सोचौँ हिउ पग्लीएर हामीकहाँ पानी ओखतीको जरा पखाल्दै पखाल्दै, औषधि पखाल्दै पखाल्दै बगेको पानी खनीजसंग मिसिदै मिनरल बन्छ । जसलाई मिनिरल वाटर भनिन्छ ।
- हाम्रो हावा र पानी यसरी औषधीय छ औषधिमय छ । जहाँको खानेकुरा स्वास्थ्यकर र पवित्र छ । जहाँ प्रदुशित छैन । त्यहाँको मानिस आज रोगी हुने ? जुन देशमा जडिबुटी छ , ढुंगा सिलाजित हुन्छ , माटो सिम्रिक हुन्छ , जुनदेशमा उम्रने झार यार्सागुम्बा र पाँच औले सञ्जीवनी हुन्छ त्यस देशमा औषधिको अभावमा मान्छे मर्ने ? कसरी हुन्छ ?
- अव यो स्थितिको अन्त्य हुँनै पर्छ । तसर्थ स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्ष भित्र अर्गानिक नेपाल बनाइने छ । त्यस अभियानको सुरुवात कर्णालीले गर्नेछ । मैले अपेक्षा गरेको छु ।
- नेपालको हावा जीवन दिने बायु हो । नेपालको पानी जीवन जल, यो नुन चिनी पानी भनेको होइन । जीवन दिने जल भनेको । जीवन मय स्वस्थकर भनेको ।
- अब हाम्रो नीति उपचार केन्द्रीत होइन आरोग्यता हुनुपर्छ ।
- मौलिक अधिकारको रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी बृद्धि गरिनेछ । स्थानीय सरकार र समुदायसंग मिलेर प्रत्येक गाँउपालिका र नगरपालिकामा कम्तीमा यस अधिकारको व्यवहारिक कार्यान्वयन गरिनेछ ।
- सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आवद्ध गरिनेछ ।
- गरिवीको रेखामुनी रहेका जनता बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गरिनेछ ।
- स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ ।