चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७६ प्रतिशत उत्तीर्ण

2.0k
Shares

काठमाडौँ, १७ चैत ।  नेपाल मेडिकल काउन्सिलले आज लिएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केही बेर अघि प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी परीक्षार्थीमध्ये ७६.१५ प्रतिशत पास भएका छन् ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार आजको परीक्षाका लागि एमबीबीएस तर्फ १ हजार ६५० जनाले फारम भरेका थिए । तर परीक्षामा १२ जना अनुपस्थित रहे । कुल १६३८ जनाले परीक्षा दिएकोमा १२१४ जना अर्थात ७४.११ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै बीडीएस तर्फ कुल ३०५ जनाले फारम भरेका थिए । तर आजको परीक्षामा १ जना अनुपस्थित रहँदा ३०४ जनाले परीक्षामा सहभागीता जनाए । ती मध्ये २६५ जना अर्थात ८७.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

छाउनीस्थित नेपालीसेनाको स्वास्थ्य विज्ञान अध्ययन् संस्थानमा विहान ९ देखि १२ बजेसम्म भएको परीक्षामा पहिलो पटक सेन्टर काउन्सिलले केन्द्रलाई नै कभर गर्ने गरी जामरको प्रयोग गरेको थियो ।

पछिल्लो पटक मोवाइल तथा डिभाईस प्रयोग गरी चिट चोर्न थालेपछि काउन्सिलले नेपाल टेलिकम र नेपाल प्रहरीको सहयोगमा केन्द्रमा जामर प्रयोग गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *