स्वास्थ्य राज्यमन्त्री अर्यालले पाइन् पूर्ण अधिकार

काठमाडौँ, १६ चैत । स्वास्थ्य राज्यमन्त्री पद्यमा आर्यालले पूर्ण अधिकार पाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रीको सम्पूर्ण अधिकार दिएका हुन् ।

यो अधिकार पाएसँगै राज्यमन्त्री अर्याल अब मन्त्री परिषद् बैठकमा सहभागी हुन पाउने छन् । स्वास्थ्य मन्त्रालयको मन्त्रीले गर्ने सम्पूर्ण काम राज्यमन्त्री अर्यालबाटै हुनेछ ।

यसभन्दा अघि प्रधानमन्त्री ओलीले यस्तै अधिकार सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटालाई दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *