स्वास्थ्य राज्यमन्त्री अर्यालले पाइन् पूर्ण अधिकार
काठमाडौँ, १६ चैत । स्वास्थ्य राज्यमन्त्री पद्यमा आर्यालले पूर्ण अधिकार पाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रीको सम्पूर्ण अधिकार दिएका हुन् ।
यो अधिकार पाएसँगै राज्यमन्त्री अर्याल अब मन्त्री परिषद् बैठकमा सहभागी हुन पाउने छन् । स्वास्थ्य मन्त्रालयको मन्त्रीले गर्ने सम्पूर्ण काम राज्यमन्त्री अर्यालबाटै हुनेछ ।
यसभन्दा अघि प्रधानमन्त्री ओलीले यस्तै अधिकार सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटालाई दिएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



