चिकित्सा शिक्षा अध्यादेश अघि बढाउने सरकारको निर्णय

काठमाडौँ, १४ चैत । सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्ने प्रक्रिया अघि बढाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश अघि बढाउने निर्णय गरेका हुन् ।

मन्त्री पोखरेल अध्यादेशलाई अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने र निर्णय गराई आजै संसदमा टेवुल गर्ने प्रयासमा छन् । ‘मन्त्री ज्यूले मन्त्रिपरिषद्मा लैजानका लागि हस्ताक्षर गरिसक्नु भएको छ । आजको बैठकले स्वीकृति दिएपछि आजै बेलुका वा भोलीसम्ममा संसद सचिवालयमा दर्ता गराउने र भोलिबाटै संसदमा छलफलमा अघि बढाउने योजनामा लाग्नु भएको छ,’ मन्त्री पोखरेलका सहयोगी सुनिल खड्काले बताए ।

डा गोविन्द केसीसंगको सम्झौंता अनुसार चिकित्सा शिक्षा ऐनका लागि अघिल्लो सरकारले चिकित्सा शिक्षा विधयेकलाई अध्यादेशको रुपमा अघि बढाएर पास गरेको थियो ।

सो अध्यादेश संसद खुलेको ६० दिन भित्र संसदबाट पास हुनुपर्छ । सो अध्यादेश यथास्थितिमा पास भयो भने काठमाडौँमा १० बर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन ।

अध्यादेशका विभिन्न वुधामा विभिन्न समूह तथा व्यक्तिहरुको असहमति रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *