स्वास्थ्यका संरचना र दरबन्दी व्यवस्थापनमा सुझाव दिन मन्त्रालयले बनायो दुईवटा कार्यदल

काठमाडौँ, १३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश संघीय सरचनामा जाँदै गर्दा केन्द्र प्रदेश र स्थानीय तहमा रहने स्वास्थ्यका संरचना र दरवन्दी व्यवस्थापनमा सुझाव दिन दुईवटा कार्यदल गठन गरेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरीको संयोजकत्वमा एउटा कार्यदल र विभाग अन्तरर्गतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य संयोजक रहेको अर्को कार्यदल गठन गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार डा. तिंकरी संयोजक रहेको १३ सदस्यीय कार्यदललाई केन्द्रमा रहने स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग तथा प्रदेश र स्थानीय तहमा रहने स्वास्थ्यका संरचना र दरबन्दी व्यवस्थापनबारे अध्ययन गरी आगामी आइतबार भित्र सुझाव पेश गर्न कार्यादेश दिइएको छ ।

यस्तै डा. आचार्य संयोजक रहेको कार्यदललाई राष्टिय रोग नियन्त्रण केन्द्र तथा प्रदेश तथा स्थानीय तहमा रोग नियन्त्रण केन्द्रको संरचना र व्यवस्थापनको बारेमा अध्ययन गरी आइतबार भित्र सुझाव पेश गर्न कार्यदेश दिइएको छ ।

डा. तिंकरी संयोजक रहेको कार्यदलको सह संयोजकमा डा. रमेश खरेल रहेका छन् । सदस्यहरुमा डा. दीपेन्द्र रमण सिंह, डा. विकास लामिछाने, डा. विकास देवकोटा, भोगेन्द्र डोटेल, सुनिलराज शर्मा रहेका छन् । यस्तै डा. झलक गौतम, सुशील नेपाल, कपिल तिमल्सिना, महेश पाण्डे र मधु पोखरेल सदस्य छन् ।

यता डा. आचार्य संयोजक रहेको कार्यदलमा डा. केदार नरसिंह केसी सहसंयोजक रहेका छन् । सो कार्यदलको सदस्यहरुमा विभागका उपमहानिर्देशक चुणामणी भण्डारी, डा. बासुदेव पाण्डे, डा. राजकुमार महतो, डा. रुना झा, डा. पुरुषोत्तम राज सेडाई, डा. भोलाराम श्रेष्ठ, कविता अर्याल, अनिल थापा, तीर्थराज अर्याल रहेका छन् । सो कार्यदललाई पनि आगामी आइतबार ( १८ चैत) भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयको दरबन्दी १११ बाट १०६ वटा राख्ने प्रस्ताव
यसैबीच मुख्य सचिवको कार्यालयमा पठाइएको स्वास्थ्य मन्त्रालयको संरचनामा दरबन्दी पहिले भन्दा केही घटाइएको छ । मन्त्रालय स्रोत भन्छ, पहिले स्वास्थ्य मन्त्रालयमा १११ वटा दरबन्दी थियो ।

‘अहिले घटाएर १०६ मा झारिएको छ । स्रोतले महाशाखा भने यथावत प्रस्ताव गरिएको जानकारी दियो । हामीकहाँ अहिले पनि ५ वटा महाशाखा छ अब पनि पाँच वटै महाशाखा रहने गरी पठाइएको छ । त्यसमा परिवर्तन हुन्छ हुँदैन अहिल्यै भन्न सकिदैन’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *