विमान दुर्घटनाका चार जना घाइते नर्भिकमा
काठमाडौँ, २८ फागुन । अबतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्लाको विमानका चार जना घाइतेलाई नर्भिक अस्पताल पुरयाइएको छ ।
अस्पतालका सञ्चार अधिकृत आरपी मैनालीले चार जना गम्भीर अवस्थाका घाइतेहरु अस्पताल ल्याइएको बताए । अरु केही घाइतेहरु ल्याउदै गरेको खवर आएको भन्दै तयारी अवस्थामा बसेको जानकारी दिए ।
दुर्घटनाका अरु घाइतेलाई सिनामंगल स्थित केएमसी अस्पताल, मिनभवनस्थित निजामति कर्मचारी अस्पताल पुरयाइएको छ ।





तस्बिर सौजन्य : रिया भण्डारी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



