डोटीमा डाक्टरमाथि आक्रमण गर्ने सरकारी कार्यलयका कर्मचारी

काठमाडौँ, १३ फागुन । डोटी जिल्ला अस्पतालका डाक्टर जितेन्द्रकुमार सिंहमाथी आक्रमण गर्नेमध्ये तीन जना सरकारी कार्यालयका कर्मचारी र एक जना राजनीतिक दलका स्थानीय नेता रहेको खुलेको छ ।

हाल प्रहरी हिरासतमा रहेका मध्येका एक विजयसिंह विष्ट सरकारी विद्यालयका शिक्षक हुन् । यस्तै टेकबहादुर विष्ट विद्युत प्राधिकरणको कर्मचारी हुन् । यसैगरी हिक्मतसिंह विष्ट जिल्ला निर्वाचन कार्यालयका कास हुन् । अर्का आक्रमणकारी अरुण महत नेपाल कांग्रेससंग आवद्ध स्थानीय नेता हुन् । एक जना महिला विरामीको उपचारको विषयलाई लिएर उनीहरुले डा सिंहमाथि आक्रमण गरेका थिए ।

आक्रमण भएको तीनदिनसम्म पनि स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै डोटीका डाक्टरहरु जिल्ला छाडेका छन् । आइतबार राजधानीमा नेपाल चिकित्सक संघ आयोजित पत्रकार सम्मेलनमा पिडीत डाक्टर सिंहले सुरक्षाको कारण आफूहरु राजधानीमा आउन विवश भएको बताए ।

जिल्लामा रहेका ४ सरकारी डाक्टरमध्ये तीन जना राजधानीमा आएको र एक जना तालिममा रहेको बताए । अरु दुई जना चिकित्सक धनगडीमा रहेको बताए ।

हाजिर गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयमा

असुरक्षाको महसुस गर्दै राजधानी छिरेका सरकारी डाक्टरलाई तत्काल मन्त्रालयमा हाजिर गर्ने व्यवस्था मिलाइएको छ । डोटी जिल्ला अस्पतालका मेडिकल अधिकृत विवश पराजुलीले भने, ‘आज हामी स्वास्थ्य सचिवलाई भेटन गयौँ । उहाँले तत्कालका लागि यहि हाजिर हुनुहोस् । भन्नु भएको छ ।’ माग सम्वोधन नभए आन्दोलन हुन्छ : चिकित्सक संघ

नेपाल चिकित्सक संघले चिकित्सक माथि आक्रमण बढी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । उसले विना धरौटी जेल चलाल ( जेल वीथआउट विल) सम्वन्धी ऐन पास गर्नुपर्ने र चिकित्सक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएको छ ।

‘ यस्तै चाल हो भने हामीले अर्को हप्ताबाट आन्दोलन शुरु गर्न बाध्य हुन्छौँ ,’ संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने । महासचिव लोचन कार्कीले चिकित्सकले सेवा अवरुद्ध गर्न नचाहेको भएपनि परिस्थितिले त्यहि मोडमा पुरयाउन खोजेको बताए ।

‘डाक्टर माथि डर धम्कीका साथ उपचार गराउन खोजिन्छ । त्यो कसरी सम्भव छ ? आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाका लागि पनि आन्दोलन नगरी भएन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *