विभागको महानिर्देशक डा. श्रेष्ठले नौ दिन पछि गरे पदवहाली, दश दिन पछि अवकाश पाउँदै

212
Shares

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी डा विनोदमान श्रेष्ठले सम्हालेका छन् । स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ भईसकेका १२ औँ तहका श्रेष्ठले साढे १२ बजे विभाग पुगेर महानिर्देशकको रुपमा पदवहाली गरेका हुन् । उनी १० दिन पछि अनिवार्य अवकाश हुँदैछन् ।

यसअघि विभागको महानिर्देशक पदका लागि दुई जना एघारौँ तहका चिकित्सकबीच हानथाप भएको थियो । दुई जनाबीच विवाद बढ्दै गएपछि तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले गत २ माघमा अर्को निर्णय गर्दै प्रमुख विशेषज्ञ श्रेष्ठलाई विभाग पठाएका हुन् ।

गत पुस ३० गते मन्त्रीस्तरीय निर्णय गर्दै तत्कालिन मन्त्री बोहराले विभागमा निमित्त महानिर्देशक रहेका डा राजेन्द्र पन्तलाई मन्त्रालय तानेर सो ठाँउमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा तारानाथ पौडेललाई लगेका थिए । सो निर्णय विरुद्ध पन्त सर्बोच्च अदालत गए ।अन्तरिम आदेशसहित विभागमै फर्केका थिए । त्यस लगत्तै बोहराले अर्को निर्णय गर्दै डा श्रेष्ठलाई महानिर्देशक बनाएका हुन् ।

नयाँ निर्णय पछि पौडेललाई मन्त्रालय र पन्तलाई पुरानो दरबन्दी भएको ठाँउ राष्टिय क्षयरोग केन्द्रमा पठाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *