स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।

बैठकले एमालेको भागमा स्वास्थ्य तथा जनसंख्या सहित अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानून न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद मन्त्रालय पारेको छ ।

यस्तै माओवादी केन्द्रको भागमा गृह, जलस्रोत तथा उर्जा, उद्योग बाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास, खानेपानी तथा सरसफाई, बन तथा बाताबरण, कृषि सहकारी तथा भूमि व्यवस्थापन, श्रम रोजगार तथा महिला बालबालिका मन्त्रालय परेकोछ ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर