डा. श्रेष्ठलाई विभागमा, डा. पौडेल मन्त्रालय तानिए, डा. पन्तलाई क्षयरोग केन्द्र फर्काउँदै

काठमाडौँ । गत माघ २९ गते शुक्रबार, स्वास्थ्य सेवा विभागमा निमित्त महानिर्देशकको रुपमा डा तारानाथ पौडेल बसिरहँदा स्वास्थ्य मन्त्रालय तानिएका पहिलेका निमित्त महानिर्देशक डा राजेन्द्र पन्त हाजिर हुन आए । तर त्यसको दुई दिन पछि अर्थात आइतबार मन्त्रालयले १२ औँ तहका डाक्टर विनोदमान श्रेष्ठलाई नयाँ महानिर्देशकको रुपमा खटायो ।

तीन दिनमा तीनजना महानिर्देशकको रुपमा देखा परेपछि विभागका कर्मचारी समेत अलमलमा परेका थिए । छिटो छिटो भएका परिवर्तित घटनाले कर्मचारी अल्मलिनु स्वभाविक नै थियो ।

तर पछिल्लो पटक सरुवा भएका डा विनोदमान मन्त्रालयको खटन अनुसार विभाग गएर महानिर्देशकको जिम्मेबारी लिन आनाकानी गरे । त्यसले विभागमा झनै अल्मलको स्थिति सिर्जना गरयो । तर पछिल्ले समय कुरा मिल्न आटेको संकेत देखिएको छ ।

विभागमा सरुवा भएका डा श्रेष्ठले आज या भोलीसम्ममा महानिर्देशकको रुपमा हाजिर हुन जाने नेपाली हेल्थलाई बताए । ‘मन्त्रालयमा मेरो थोरै काम बाँकी छ । त्यो सकिनासाथ विभाग जाने बिचारमा छु । आज या भोलीसम्ममा पुग्छु होला ,’ उनले भने ।

श्रेष्ठले दुई जना डाक्टरबीचको द्धन्द समाधान गर्न समेत आफू सो जिम्मेबारी लिन तयार भएको प्रतिक्रिया दिए ।

तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराले गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकमा पोखराका डाक्टर तारा पौडेललाई ल्याउने निर्णय गरेपछि पूर्व निमित्त महानिर्देशक पन्तले सर्बोच्च गएका थिए ।

सर्बोच्चले गत १८ माघमा डा पन्तको पक्षमा अन्तरिम आदेश जारी गर्दै मन्त्रालयलाई अन्तरिम आदेश दिएको थियो । त्यसपछि विभागको महानिर्देशक विवाद सतहमा देखिएको हो ।

डा. पौडेलको काज मन्त्रालय, डा. पन्तलाई पठाइयो क्षयरोग केन्द्र
विवाद बढेपछि १२औ तहका श्रेष्ठलाई महानिर्देशकको जिम्मेबारी दिएको मन्त्रालयले पूर्व निमित्त महानिर्देशकद्धयको पनि व्यवस्थापन गरेको छ ।

विभागका नयाँ महानिर्देशक डा पौडेललाई एक महिने काजमा मन्त्रालय तानिएको छ भने पूर्व निमित्त महानिर्देशक डा पन्तलाई राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा काज फिर्ता गरिएको छ ।

विभागका उपमहानिर्देशक चुडामणी भण्डारी भन्छन्, ‘विभागको नेतृत्वमा देखिएको केही दिन देखिको अलमल सम्भवत आजबाट सकिएला ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *