स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विनोदमान श्रेष्ठ

काठमाडौँ, २ फागुन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी डा विनोदमान श्रेष्ठ ले पाएका छन् ।

स्वास्थ्य मन्त्री दीपक बोहराले आज मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ ( १२ औँ तह) डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेबारी दिएका हुन् । त्यसो त विभागको महानिर्देशकको पद १२ औँ तहको हो । 

गत ३० पुसमा निमित्त महानिर्देशक डा राजेन्द्र पन्तलाई मन्त्रालय तानेर डा तारानाथ पौडेललाई महानिर्देशक बनाएका मन्त्री बोहराको निर्णयलाई सर्बोच्च अदालतले उल्ट्याईदिएपछि नयाँ कदम चालिएको हो ।

सरुवा खारेजीको माग गर्दै डा पन्त सर्बोच्च अदालत पुगेपछि गत १८ माघमा अदालतले ३० पुसको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेश अनुसार पन्त गत शुक्रबार मात्रै विभागका पुगेर हाजिर भएका थिए ।

निमित्त महानिर्देशक डा पौडेलले विभागको महानिर्देशकमा डा श्रेष्ठलाई जिम्मेबारी दिएको पत्र आएको पुष्टी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *