प्रदेश सरकारका लागि ३५ जना स्वास्थ्यकर्मीको नाम पठायो स्वास्थ्यले

काठमाडौँ, १० माघ ।  संघीय संरचना अनुसार प्रदेश सरकारमा रहने शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि स्वास्थ्य मन्त्रालयले ३५ जनाको मात्रै नाम सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।

सामान्यले भने चार वटा प्रदेशमा सचिव सहित अरु विभिन्न पदका गरी १४० जनाको नाम पठाउन भनेको थियो । 

स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले सामान्यले मागेको पहिलो चरणमा सातौँ र आठौँ तहका गरी हरेक प्रदेशमा ५ ५ जनाका दरले हुने गरी ३५ जनाको नाम पठाएको बताए । उनले नाम पठाउँदा प्रत्येक प्रदेशका लागि आयुर्वेद, पब्लिक हेल्थ नर्स तथा हेल्थ इन्सपेक्सन समूहका कर्मचारी मिलाएर पठाएको बताए । बाँकी कर्मचारीहरु भने एक पटक पुन सामान्यसंग छलफल गरेर मात्रै पठाउने तयारी भएको जानकारी दिए ।

गत महिना सामान्यले सातवटा प्रदेशमा तत्काल काम चलाउन स्वास्थ्यबाट चार जना र शिक्षाबाट तीन जना सचिव बनाउने निर्णय गर्दै सोही अनुसार सचिवका लागि योग्यता पुगेका चार जनाको नाम सिफारिस गर्न स्वास्थ्यलाई पत्र पठाएको छ ।

यस्तै सातवटै प्रदेशका लागि एघारौँ तहका ७ जना, नवौँ र दशौँ तहका गरी ३५ जना, सातौ र आठौँ तहका गरी ६३ जना, चौथो, पाँचौँ र छौटौँ तहका गरी ३५ जना गरी कुल १४० जना स्वास्थ्य समूहका कर्मचारी पठाउन समेत निर्देशन दिएको छ ।

पत्र पाएपछि स्वास्थ्यले इच्छुकहरुले निवेदन दिनु भन्दै सूचना जारी गरेको थियो । सो क्रममा ९६८ जनाले निवेदन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *