मन्त्रालय तानिएका महानिर्देशक डा. राजेन्द्र पन्तद्धारा राजिनामा

124
Shares

काठमाडौँ, ३ माघ । स्वास्थ्य मन्त्रालय तानिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले पदबाट राजिनामा दिएका छन् । अनिवार्य अवकाश हुन डेढ बर्ष अवधी बाँकी रहेकै बेला उनले आज राजिनामा दिएका हुन् ।

राजिनामा पत्रमा डा. पन्तले घरायसी कारण उल्लेख गरेका छन् । ‘हो मैले आज राजिनामा बुझाएको छु । स्वीकृत हुन बाँकी छ,’ नेपाली हेल्थसंग डा पन्तले भने ।

उनले आफूलाई मन्त्रालयमा ‘कम्फर्ट’ फिल नहुने भएकोले राजिनामा बुझाएको बताए । ‘मेरो कसैप्रति गुनासो छैन । मलाई मन्त्रालय तानियो, त्यहाँ बसेर काम गर्न ‘कम्फर्ट’ होला जस्तो लागेन त्यसैले राजिनामा दिएँ ,’ उनले भने ।

राजिनामा दिएपछि धेरै साथीले स्वेच्छिक अवकाश लिन भनेकोले आफूले त्यसतर्फ पनि सोचेको बताए । सरकारले भर्खरै मात्र स्वेच्छिक अवकाश लिन चाहनेका लागि सूचना जारी गरेको छ । स्वेच्छिक अवकाश लिँदा एकैपटक ७ बर्षको सुविधा लिन पाउने व्यवस्था छ ।

स्वास्थ्य मन्त्री दीपक बोहराले गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेललाई पठाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *