किष्ट मेडिकल कलेजका कर्मचारीले फिर्ता लिए आन्दोलन
काठमाडौँ, २ माघ । नर्स तथा कर्मचारीहरुको आन्दोलनका कारण ३३ दिनदेखि बन्द भएको किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल आज देखि सञ्चालनमा आएको छ । केही बेर अघि अस्पतालमा आयोजित कोणसभामा आन्दोलनकारी नर्स तथा कर्मचारीहरुले अर्को सूचना नआउँदासम्मका लागि भन्दै आन्दोलन स्थगित गरी काममा फर्केको घोषणा गरेका छन् ।
यसअघि गत आइतबार उच्च अदालत पाटनले बन्द भएको किष्ट मेडिकल कलेज टिचिङ अस्पतालका सबै सेवा तत्काल सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशसंगै अस्पतालले आजदेखि सेवा सूचारु हुने सूचना प्रकाशित गरेको थियो ।
त्यस लगत्तै अस्पतालका नर्स तथा कर्मचारीले आन्दोलन स्थगित गरेको जनाएका हुन् । आन्दोलनरत कर्मचारीहरुका एक जना सदस्य प्रदीप भट्टराईले अदालतको आदेश आएको र संगसंगै श्रम मन्त्रालयलाई मध्यस्थता गरी समस्या समाधान गर्न निर्देशन दिएकाले बार्तामार्फत समस्या समाधान हुने आशाका साथ आन्दोलनस्थगित गरेको बताए । उनले केही बेर अघि कोणसभा गरी सबै कर्मचारीहरु पूर्ववतरुमपा काममा फर्किएको जनाए ।
कलेजले विरामीको उपचार, डायलासिस सेवा आजबाट सञ्चालनमा आउने सूचनामार्फत जानकारी दिइसकेको थियो । यस्तै विद्यार्थी भर्ना कार्यक्रम आजबाट र रोकिएको परीक्षा आगामी ५ गते भित्र निधो गर्ने जानकारी दिएको छ ।