एमबीबीएसको आरक्षित कोटालाई साधारण कोटामा परिणत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

76
Shares

काठमाडौँ, ३० पुस । सर्बोच्च अदालतले एमबीबीएसको आरक्षित कोटालाई साधारण कोटामा परिणत गर्ने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को निर्णय तत्काल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायधीश मिरा खड्काको एकल इजलासले सो आदेश दिएको हो । सो इजलासले रिट विरुद्ध छलफल गर्न आगामी ७ मागमा दुबै पक्षलाई झिकाएको छ ।

आरक्षणमा कोटामा विद्यार्थी भर्ना गर्न मापदण्ड नपुगेको भन्दै सो कोटालाई साधारण कोटामा परिणत गर्ने निर्णय भएको भन्दै आइओएमले गत २५ पुसमा सूचना निकालेको थियो ।

आइओएमको सो निर्णयले गरीवहरुको अधिकार खोसिएको भन्दै निर्णय खारेजीको माग गर्दै अजयकुमार पासीले सर्बोच्चमा रिट दायर गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *