प्रदेशको स्वास्थ्य मन्त्रालयमा सचिव बन्न १२ जनाको निवेदन

काठमाडौँ, २७ पुस । संघीय संरचना अनुसार प्रदेश सरकारमा रहने शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि सचिब बन्न स्वास्थ्यका १२ जना सहसचिवले निवेदन हालेका छन् । प्रदेशमा रहने कुल १४० पदका लागि भने ९६८ जनाको निवेदन परेको छ ।

सामान्य प्रशासन मन्त्रालयले एक साता अघि प्रदेशमा रहने सात वटा स्वास्थ्य शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमध्ये ४ वटा प्रदेशमा स्वास्थ्यबाट राखिने भन्दै सचिव बन्ने योग्यता भएकाहरुको नाम पठाउन भनेको थियो ।

सोही अनुसार स्वास्थ्यले योग्यता पुगेका इच्छुकलाई तीन दिन भित्र निवेदन दिन विज्ञापन प्रकाशित गरेको थियो । सोही अवधीमा १२ जनाको निवेदन परेको हो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार प्रदेश नम्बर १ का लागि डा रोशन पोखरेल र डा पिताम्बर ठाकुरले निवेदन दिएका छन् । प्रदेश नम्बर२ का डा सञ्जय ठाकुर र डा रामपरीक्षण यादवको निवेदन परेको छ ।

यस्तै प्रदेश नम्बर ३ का लागि डा दीपेन्द्ररमण सिंह, डा विनोदकुमार गिरी, डा रुद्र मरासिनी, खिमबहादुर खडका र दिनेशकुमार चापागाँईको निवेदन परेको छ । प्रदेश नम्बर ४ का लागि डा रुद्र मरासिनीको  र दिनेश कुमार चापागाँईको निवेदन छ ।

यस्तै प्रदेश नम्बर ५ का लागि डा अनन्तकुमार शर्माले निवेदन हालेका छन् । प्रदेश नम्बर ६ का लागि निवेदन परेको छैन । प्रदेश नम्बर ७ का लागि रिता भण्डारी जोशीको निवेदन परेको छ ।

 

उपसचिव खनालले सचिव बाहेकका अरु ७ जना सहसचिवको लागि मागिएको निवेदनमा कसैको नपरेकोले यिनैमध्यबाट तोकिन सक्ने जानकारी दिए ।

सामान्यले सातवटै प्रदेशका लागि एघारौँ तहका ७ जना, नवौँ र दशौँ तहका गरी ३५ जना, सातौ र आठौँ तहका गरी ६३ जना, चौथो, पाँचौँ र छौटौँ तहका गरी ३५ जना गरी कुल १४० जना स्वास्थ्य समूहका कर्मचारी पठाउन निर्देशन दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *