बैंकक उड्नु अघि एमाले अध्यक्ष ओलीले गरे डा. केसीप्रति कटाक्ष

काठमाडौँ, २६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसी प्रति कटाक्ष गरेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलनमा भएको पत्रकार सम्मेलनमा उनले डा. केसी प्रति कटाक्ष गरेका हुन् ।

निर्वाचनको घोषणा भएको भनिएको कानूनी जटिलता र सरकार गठनको विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा डा केसी र निर्वाचन आयोगप्रति कटाक्ष गर्दै ओलीले निर्वाचन आयोगलाई कानूनी समस्या भए डा केसीसंग परामर्स लिन आयोगलाई सुझाव दिए । उनले भने , यहि उहाँहरु (निर्वाचन आयोग)लाई कानूनी कुरामा नै अप्ठेरो लाग्यो भने गोविन्द केसी जीसंग सोध्नु भएपनि हुन्छ । गोविन्द केसी जी ले त धेरैवटा कुरा फटाफट भनिराख्नु भएको छ ।

अध्यक्ष ओलीले यसअघि पनि डा केसीप्रति कडा टिप्पणी गरेका थिए । डा केसीले प्रधानन्यायधीश गोपाल पराजुलीलाई भ्रष्ट भन्दै आमरण अनसन बसेपछि अहिले अदालतको अवहेलनाको मुद्धामा प्रहरी नियन्त्रणमा छन् ।

ओली भने आज थाइ एयरको नियमित उडानद्धारा उनी बैंकक प्रस्थान गरेका हुन् । उनको बैंककस्थित बुमरुनगार्ड इन्टरनेशनल हस्पिटलमा होलबडी चेकअप गरिने निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन ।

मिर्गौला प्रत्यारोपण गरेका ओली तीन बर्ष अघि गम्भीर विरामी हुँदा सोही अस्पतालमा पुगेर उपचार गराएका थिए । त्यसयता उनी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *