डा. गोविन्द केसीलाई बीर अस्पताल लगियो

80
Shares

काठमाडौँ, २५ पुस । प्रहरी हिरासतमा रहेका डा गोविन्द केसीलाई बीर अस्पताल लगिएको छ । विहान देखि नै स्वास्थ्यमा गडबढी देखिएका कारण प्रहरीले चिकित्सकको विशेष निगरानीका लागि भन्दै बीर अस्पताल लगेको हो ।

बयान सके लगत्तै डा केसीलाई प्रहरीको एम्बुलेन्समा बीर अस्पताल पुरयाइएको हो । उनलाई बीर अस्पतालको तेस्रो तल्लामा आवासीय चिकित्सकहरुले बताएको विशेष कक्षमा राखिएको छ ।

अदालतको अवहेलना गरेको आरोपमा हिजो पक्राउ परेका डा केसीको आज अदालतमा बयान लिने काम भएपनि बहस शुरु भएको छैन । बहस भोली मात्रै हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *