प्रहरी हिरासतमा रहेका डा. केसीलाई भेटे नेता डा. बाबुरामले

100
Shares

काठमाडौँ, २५ पुस ।  पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी नियन्त्रणमा रहेका डा. गोविन्द केसीसंग भेट गरेका छन् ।  भट्टराईले अघि विहान ८ बजे सिंहदरबार प्रहरीबृत्तमा पुगेर डा. केसीसंग  भेट गरेका हुन् ।

सो क्रममा डा. भट्टराईले डा. केसीलाई अभियानमा एकेबद्धता जनाउन आएको भन्दै अन्तिमसम्म आफ्नो साथ रहने प्रतिवद्धता जनाएको डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।

भट्टराई डा. केसीलाई भेटे पछि माइतीघरस्थत प्रदर्शन स्थलतर्फ लागेका छन् । डा. केसीका समर्थकले आज विहान ८ बजे देखि माइतीघरमा पक्राउ विरुद्ध प्रदर्शनको आवहान गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *