डा. गोविन्द केसी प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २४ पुस । सर्बोच्च अदालतको आदेश आए लगत्तै चौधौँ अनसन शुरु गरेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा वृत्त राखिएको छ ।

सोमबार आज अपरान्ह ४ बजे देखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनसन शुरु गरेका डा केसीलाई महानगरीय प्रहरी प्रभाग टेकुबाट खटिएको प्रहरीको टोलीले पौन आठ बजे पक्राउ गरेको हो ।एसपी रामद्धत्त जोशीको कमाण्डमा आएको प्रहरीको टोलीले केसीलाई एम्बुलेन्समा राखेर  प्रहरी बृत्त सिंहदरबार पुरयाएको छ ।

पक्राउ गर्नु अघि प्रहरीले सात बजे पछि नै अस्पताल वरपरको क्षेत्रमा सुरक्षा कडा पारेको थियो । अस्पताल बाहिर समेत ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

सर्बोच्चले आज अपरान्ह अबहेलनाको मुद्धामा भोलि विहान ९ बजे अदालतमा उपस्थिति गराउनका लागि पक्राउ गरी ल्याउनु भन्ने आदेश दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *