डा. केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश

104
Shares

काठमाडौँ, २४ पुस । सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।

आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन प्रा डा शशी शर्मालाई आइतबार पुनःवहाली गराउने अदालतको फैसलाविरुद्ध डा केसीले आजदेखि अनसन शुरु गरेका थिए ।

आज अनसन शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको समेत माग गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *