पाँच बुँदे माग अघि सार्दै डा. केसीद्धारा अनसनको घोषणा (विज्ञप्ती सहित)

काठमाडौँ, २४ पुस । सर्बोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा प्राडा शशी शर्मालाई पुनर्वहाली गर्ने घोषणा गरेको भोलिपल्टै प्राडा गोविन्द केसीले आमरण अनसनको घोषणा गरेका छन् । उनको अनशन अहिले अपरान्ह ४ बजेबाट शुरु हुने बताइएको छ ।

केहीबेर अघि शिक्षण अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा डा केसीले चिकित्सा शिक्षामा भएको माफिया करणको विरुद्धमा अनसन शुरु गर्न लागेको बताए ।

पाँच बुँदे माग अघि सारेका डा केसीले प्रधानन्यायधीश गोपाल पराजुलीको राजिनामा, डा शर्मालाई डीनमा पुनर्वहाली गर्ने निर्णय खारेज, चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

हेरौँ उनको आमरण अनसन बारेको विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *