२८ पुस पछि आइओएमको डीन को हुन्छ ?

काठमाडौँ, २४ पुस । सर्बोच्च अदालतले प्राडा शशी शर्मालाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को नयाँ डीनमा पुर्नवहाली गर्ने आदेश सुनाएपछि फरक – फरक मत आउन थालेका छन् । कतिपयले चार दिन पछि स्वतह यसअघिका डीन प्राडा जगदीश अग्रवाल आउने बताएका छन् । कतिपयले डीन नियुक्ति प्रक्रिया फेरी शुरु देखि नै हुने जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाँले २८ पुस पछि स्वत नयाँ डीन आउने भन्ने कुरामा सत्यता नरहेको बताए । उनले प्राडा शर्माको अवधी सकिएपछि पुन नयाँ डीन प्रक्रिया शुरु हुने र त्यसमा योग्यता पुगेका जो पनि डीन भएर आउनसक्ने बताए ।

‘सर्बोच्चको आदेश नहुँदासम्म प्राडा जगदीश अग्रवाल नै डीन हुनुहुन्थ्यो । आदेश पछि अहिले प्राडा शर्मा डीन हुनुभएको छ । उहाँको २७ पुसमा अवधी सकिदै छ । त्यसपछि को डीन बन्छ भन्ने कुरा अहिले भन्न सकिन्न,’ खनियाले भने ।

२८ पुस पछि प्राडा अग्रवालकै निरन्तरता हुने होइन र भन्ने प्रश्नमा उपकुलपति खनियाले त्यस्तो हुन नसक्ने स्पष्ट पारे । ‘निरन्तरता होइन नयाँ प्रक्रियाबाट उहाँ नै डीन पनि हुनसक्नु हुन्छ र अरु पनि हुन सक्ने भए,’ उनले भने ।

त्रिविका कानूनी सल्लाहकार नारायण खनालले २८ गतेपछि तत्कालै नयाँ डीन आउन पनि सक्ने वा केही समय कसैलाई डीनको जिम्मेबारी दिन सकिने समेत प्रष्ठयाए । उनले कतिपय व्यक्तिले सर्बोच्चको फैसलामा प्राडा अग्रवालको नियुक्तीलाई कानून सम्वत ठहर गरेकोले चार दिन पछि प्राडा अग्रवालको निरन्तरता हुने आँकलन गरेको भन्दै त्यस्तो नहुने बताए ।

उनले भने, ‘सर्बोच्चको आदेशले प्राडा अग्रवालको नियुक्त र त्यसयता उनले गरेको कामको विषयलाई बैधता दिएको हो । निरन्तरता भनेको होइन ।’उनले  पनि २८ गतेपछि  पुन नियुक्ति प्रक्रिया शुरु हुने त्यसबाट जो सुकै डीन बन्न सक्ने बताए ।

सर्बोच्चले चार बर्ष अघि पदमुक्त भएका आइओएमका डीन प्राडा शर्मालाई पुनर्वहाली गर्ने आदेश दिएपछि यसअघिका डीन प्राडा अग्रवालको भूमिका के हुने भन्ने बारेमा चासो व्यक्त गरिएको छ ।

चार दिन पदावधी बाँकी रहेका प्राडा शर्मा भने हिजोदेखि नै डीनको रुपमा हाजिर भईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *