सर्बोच्चबाट पुनर्वहाली भएका आइओएमका डीन प्राडा शर्माद्धारा आजै पदबहाली

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले आदेश दिए लगत्तै त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा प्राडा शशी शर्मा पुर्नवहाली गरेको छ । प्राडा शर्माले आजै साँझ डीनको रुपमा पदवहाली गरेका छन् ।

डीनको कार्यकक्षमा विद्यार्थीहरुले ताला लगाएका कारण प्राडा शर्माले आईटी भवनमा गएर हाजिर भएका थिए । पदवहालीका बेला महाराजगञ्ज क्याम्पस प्राध्यापक संघका पदाधिकारी, महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधी, चिकित्सक तथा कर्मचारीहरुको सहभागीता थियो ।

पदवहाली गरे लगत्तै डीन प्राडा शर्माले विद्यार्थीहरुसंग अनौपचारिक बार्ता गरेका छन् । ‘विद्यार्थीहरुले विभिन्न माग राखी डीन अफिसमा तालाबन्दी गरेको अवस्था छ । त्यसैले सबैभन्दा पहिले विद्यार्थीसंग बार्तामा बसी मागको विषयलाई टुंगोमा पुरयाउनु नै हुन्छ । भोली यसविषयमा टुंगो लाग्छ,’ प्राडा शर्माले भने । उनले ढिलै भएपनि आफूले सर्बोच्चबाट न्याय पाएको भन्दै नयाँ जिम्मेबारी इमान्दारीपूर्वक निभाउने बताए ।

त्रिवि कार्यकारी परिषदले २०७० पुस २५ गते चार बर्षका लागि डीनमा नियुक्त गरेपछि चर्केको प्राडा गोविन्द केसीको आन्दोलनलाई मत्थर बनाउन भन्दै सरकारले प्राडा शर्मालाई सरकारले सोही बर्षको माघ ८ गते पदमुक्त गरेको थियो ।

त्यसको करीब एक महिना पछि प्राडा शर्माले सरकारी निर्णय विरुद्ध अदालत गएका थिए । त्यतिवेलाको पदावदी सकिन चार दिन बाँकी रहँदा सर्बोच्चले उनको पक्षमा निर्णय सुनाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *