किराले खाएको दाँत झिक्न गएका बिरामीको सद्धे दाँत झिकेर घर पठाइयो

काठमाडौँ, २३ पुस । किराले खाएको दाँत उखेल्न बीर अस्पताल पुगेका एक विरामीको चिकित्सकले सद्धे दाँत उखलेर घर पठाईदिएका छन् । किराले खाएको दाँत जस्ताको तस्तै सद्धे दाँत उखलेपछि लापरबाही भन्दै आफन्तहरु चिकित्सक घेर्न पुगेका छन् ।

काठमाडौँ महानगरपालिका – २० चिकुमुगलका ३४ बर्षीय शरण बानिया किराले खाएको दाँत दुखेर हैरान भएपछि तीन दिन अघि बीर अस्पतालको दन्त विभाग पुगेका थिए । सो दिन परीक्षण गरी चिकित्सकले आजका लागि दाँत निकाल्ने समय दिएका थिए ।

आज विहानै अस्पताल पुगेर दाँत निकाली घर पुगिसकेका शरण त्यतिवेला तीन छक परे किराले खाएको खोक्रो दाँत जस्ताको तस्तै छ । संगै रहेको सद्धे दाँत भने निकालिएर फालिएको थियो । यस्तो देखेपछि तत्काल आफन्त सहित उनी अस्पताल पुगेर डाक्टरमाथि कारबाहीको माग राखेका छन् । उनले लापरबाहीपूर्वक आफ्नो दाँत निकाल्ने डाक्टर सोजन खत्रीलाई कारबाही गर्न माग गरेका छन् । 

‘दाँयातर्फको बुद्धि बंगारो किराले खाएर दुखेपछि गत शुक्रबार बीरमा पुगेको थिएँ । उहाँहरुले सामान्य परीक्षण गरेपछि आज निकाल्ने भन्दै त्यतिवेला पठाउनुभयो । आज आएर सुई लगाएर दाँत झिकियो र घर गईयो । आधा घण्टापछि पिउरी झिक्दा त किराले खाएको चाही जस्ताको तस्तै सद्धे चाँही झिकिएछ । यो त लापरबाहीको हदै भयो नि,’ नेपाली हेल्थसंग उनले भने ।

अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्माले सामान्य ‘मिस्टेक’ भएको महसुस भएको भन्दै सात दिन भित्र नयाँ दाँत हालिदिने सहमति भएको बताए ।

तर पिडीत बानियाले भने सक्कली झिकेर नक्कली राख्ने प्रस्ताव आफूलाई मान्य नभएको दावी गरे । उनले भने, ‘खोक्रोदाँत देखी देखी सद्धे दाँत निकाल्नु त सामान्य मिस्टेक होइन । गम्भीर लापरबाही हो । हामीले यस विरुद्ध मेडिकल काउन्सिलमा पनि उजुरी दिदैँ छौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “किराले खाएको दाँत झिक्न गएका बिरामीको सद्धे दाँत झिकेर घर पठाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *