कर्मचारी आन्दोलनका कारण किष्टको सेवा १९ दिन देखि ठप्प

काठमाडौँ, १८ पुस । सेवासुविधा बढाउनुपर्ने विषयका १५ बुँदे माग राखि नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएको आज १९ दिन भईसक्यो तर कुरा मिल्ने छाट अझैँ देखिएको छैन् ।

अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच औपचारिक बार्ता अझै बस्न सकेको छैन । अस्पताल प्रशासन र कर्मचारीबीचको आआफ्नै अडानले मेडिकल कलेजमा अध्यनरत विद्यार्थीहरुको पढाई भने नराम्ररी प्रभावित भएको छ ।

आन्दोलनकारी कर्मचारीहरु आफूहरुले उठाँएका १५ बुँदे माग पुरा नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् । अस्पताल प्रशासनले उठाएको मागका विषयमा हुबहुँ लागू गर्न आफूहरुको सामथ्र्यले नभ्याउने बताउँदे आएका छन् ।

अस्पतालका बरिष्ठ प्रशासक अक्षय गौतम भन्छन्, ‘आन्दोलनरत कर्मचारीलाई अस्पताल कार्यकारीबोर्डका तर्फबाट सबैकुरा जानकारी गराइसकेको छ । अहिले उहाँहरुले मागे जस्तो सुविधा दिन सक्ने अवस्था छैन् । तर केही हेछौैँ भनेका थियौँ तर उहाँहरुले आफूहरु कम्प्रमाइजमा नजाने भन्नु भएको छ । यसले समाधानको प्रयास सफल भएको छैन ।’

यता विद्यार्थीहरुले समस्याको छिटो समाधान गरी पढाई सुचारु गर्न माग गरेका छन् । उनीहरुले आन्दोलनका कारण अस्पताल आउने विरामीले उपचार नपाएको र विद्यार्थीले परीक्षा दिन समेत नपाएको बताएका छन् ।

किष्ट मेडिकल कलेज विद्यार्थी समाजका अध्यक्ष विभेद न्यौपानेले इमरजेन्सी सेवा समेत ठप्प हुनेगरी आन्दोलन चल्नु दुखको कुरा भन्दै समस्या समाधान गर्न दुबैपक्षलाई आग्रह गरे । उनले आउने विरामीका लागि कम्तीमा एक्सरे र ल्याव सहितको इमरजेन्सी सेवा सुचारु हुने व्यवस्था बनाउन आग्रह समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *