पोलियो खोप विश्वव्यापी अभाव, नयाँ खोप ल्याउने तयारीमा सरकार

काठमाडौँ, १७ पुस । बालबालिकालाई दिइने अति महत्वपूर्ण पोलियो खोप को विश्वव्यापी रूपमा अभाव देखिएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई दिइने आइपिभी (इन्एक्टिभेटेड पोलियो भ्याक्सिन) को नेपालमा पनि अभाव देखिएको छ ।

सरकारले मुलुकबाट पोलियो उन्मूलन गर्न विगत एक वर्षदेखि पोलियो थोपासँगै सुईबाट दिइने आइपिभी खोप पनि सुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै आइपिभी पोलियो खोपको अभाव भएपछि सरकारले नयाँ खोप ल्याउने निर्णय गरेको बाल स्वास्थ्य महाशाखा खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताए ।

एफआइपिभी ल्याउने सरकारको निर्णय
आइपिभी खोपको चरम अभाव देखिएपछि सरकारले एफआइपिभी नामक नयाँ खोप ल्याउने तयारी गरेको छ । यो खोप पनि ‘गाभी’ नामक अन्तर्राष्ट्रिय संस्थाले दिनेछ ।

आइपिभी बच्चा जन्मिएको १४ हप्ताको उमेरमा एकपटक दिइन्थ्यो भने एफआइपिभी बच्चा जन्मेको ६ हप्ता र दश हप्ता पुगेपछि पुनः अर्कोपटक दिइन्छ ।

‘आइपिभी खोपको ठाउँमा एफआइपिभी खोप पर्याप्त उत्पादन हुने भएकाले नेपालले यो खोप खरिदमा गर्ने निर्णय लिएको हो,’ घिमिरेले भने ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *