विभिन्न अस्पतालका १२ जना डाक्टर एमाले पार्टीमा प्रवेश गरे

336
Shares

काठमाडौँ, १५ पुस । विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा डाक्टरहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा प्रसूतिगृह अस्पतालका डा. अमितकुमार रौनियार, चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका डा. निकितकुमार अग्रवाल, बीएण्ड बी अस्पतालका डा. हेम महासेठ रहेका छन् ।

यस्तै पाटन अस्पतालका डा. शैलेश साह, जानकी मेडिकल कलेजका डा. विजय शंकर प्रसाद साह, ग्लोबल अस्पतालका डा. लुस्यान कुमार यादव, जनकपुर अञ्चल अस्पतालका डा.  कुलदीप पाठक पनि एमाले प्रवेश गरेका छन् । यसैगरी कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालका डा. जेनी गौतम, डा. मधुसुदन पाण्डे, डा. विवेक नेपाल र डा. शैलेन्द्र झा पनि एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका एमाले महासचिव इश्वर पोखरेलले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *