डा. तुलसी गिरीलाई २५ लाख उपचार खर्च दिने सरकारको निर्णय

काठमाडौँ, १४ पुस । सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ।

मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको यो निर्णयलाई गोप्य राखिएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार डा. गिरीलाई २५ लाख दिने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको प्रस्ताव बैठकले स्वीकृत गरेको हो।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा डा. गिरीले उपचारका लागि आर्थिक सहायता माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए।

यसैगरी मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सयभन्दा बढीलाई आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ।

  • अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *