स्वास्थ्य सचिवका लागि बढुवा समितिले गर्‍योे तीन जनाको नाम सिफारिस

584
Shares

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालयले सम्भवत आज सचिव पाउँदैछ । हिजो बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको र आज केही बेरमा मन्त्रिपरिषदको बैठक समेत बस्ने भएकोले सचिवको निर्णय हुने सम्भावना बढेको छ ।

स्रोतका अनुसार लोकसेवा आयोगका अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले क्रमश: डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र  डा. सुशील प्याकुरेलको नाम सिफारिस गरेको छ । यद्धपी मन्त्रिपरिषदले यी तीन मध्ये जो सुकैलाई सचिवमा नियुक्ति गर्न सक्ने भएकोले अहिल्यै अडकल काट्नु व्यर्थ हुनेछ ।

गत १८ मंसिरमा डा. किरण रेग्मीले अनिवार्य अवकाश पाएपछि मन्त्रालय सचिव विहीन बनेको थियो । निमित्त सचिवको जिम्मेबारी डा. पुष्पा चौधरीले सम्हाल्दै आएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *