के भएको हो डा. देवकोटालाई ? उनलाई भेटेर फर्केका पत्रकार रेग्मीले यसो भने

काठमाडौँ, १२ पुस । बेलायतको लण्डनस्थित किंङ्स कलेज अस्पतालमा उपचार गराई रहेका बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था सामान्यउन्मुख बन्दै गएको बताइएको छ । उनको अहिले पित्तथैलीमा देखिएको संक्रमणको उपचार भईरहेको बताइएको छ ।

लण्डनस्थित नेपाली पत्रकार बाचस्पति रेग्मीका अनुसार देवकोटाको पित्तथैलीमा देखिएको संक्रमणको उपचार भईरहेको छ । सितलपाटी न्युजका सम्पादक समेत रहेका पत्रकार रेग्मी सहितको टोली हिजो बेलुका डा. देवकोटालाई भेट्न किंङ्स कलेज अस्पताल पुगेको थियो ।

नेपाली हेल्थसंग कुरा गर्दै पत्रकार रेग्मीले डा. देवकोटाको उपचार चलिरहेको र बाहिर सुनिएजस्तो आत्तिनुपर्ने अवस्था नरहेको बताए । रेग्मीले भने, ‘डा. देवकोटाको बारेमा अनेकथरी हल्ला चलेपछि हिजो बेलुका म आफै अस्पताल पुगेर उहाँलाई भेटेँ । उहाँ किंग्स कलेज हस्पिटलको एनएचएस फाउन्डेशन ट्रष्टको क्याविन नम्बर १९ मा भर्ना भएर उपचार रत हुनुहुन्छ । हेर्दा सामान्य नै देखिनु हुन्छ । तर औषधिको कारण हुनसक्छ केही गलेको हो कि भन्ने महसुस भयो । एन्टीबायोटिक औषधि भने (इन्ट्राभेनस ) भेनबाट दिइएको छ ।

पत्रकार रेग्मी अस्पताल परिषरमा

पत्रकार रेग्मीले विरामी डाक्टर देवकोटा र उनकी श्रीमती डा मधु र छोरीहरुसंग भेटेर सम्छिप्त कुराकानी गरेको बताएका छन् । ‘मैले शुरुमा डा मधु संग कुरा गरेँ । उहाँले नेपालमा जण्डिस देखा परेर जाँच गर्दा अलि अस्वभाविक जस्तो लाग्यो र त्यसपछि छोरीसंग सल्लाह गरेर लण्डन यहाँ आएका हौँ ,  परीक्षण गर्दा थाह भयो पित्तथैलीमा संक्रमण रहेछ । अहिले त्यसैको उपचार चलिरहेको छ भन्नु भयो,’  पत्रकार रेग्मीले भने ।

रेग्मीले डा. देवकोटाको परिवार सञ्चारमाध्यममा आएका गम्भीर रोग भन्ने समाचार तथा पशुपतिमा गएर दीप प्रज्वलन गरेका गतिविधीहरु प्रति असन्तुष्ट भएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “के भएको हो डा. देवकोटालाई ? उनलाई भेटेर फर्केका पत्रकार रेग्मीले यसो भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *