नर्सिङ स्टाफ सहित कर्मचारी आन्दोलनमा उत्रिदाँ किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ठप्प

धर्नामा बसेका किष्टका कर्मचारीहरु

काठमाडौँ, ८ पुस । सेवा सुविधा सम्वन्धि १५ सुत्रीय माग राख्दै नर्स प्यारामेडिक्स सहितका कर्मचारी आन्दोलनमा उत्रिएपछि ग्वार्कोस्थित किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलको सेवा ठप्प भएको छ ।

आन्दोलनका कारण हस्पिटलमा विगत १० दिन यता एक जना पनि विरामी भर्ना गरिएको छैन । त्यसअघि भर्ना भएका सबै विरामीलाई डिस्चार्ज गरिएको छ ।

अहिले सेवा प्रवाह गर्न भन्दै हस्पिटलले इमरजेन्सी त खुला राखेको छ तर त्यसैसंग सम्वन्धीत इमरजेन्सी एक्सरे, ल्याव, आइसियू लगायतका विभागहरु बन्द छन् । यसले गर्दा विरामी आइहालेमा पनि न्युनतम उपचार नै पाउन नसक्ने देखिएको छ ।

यता कर्मचारीहरुले आन्दोलन गर्दै रहँदा यसको असर एमबीबीएस अन्तिम बर्षका विद्यार्थीहरुको परीक्षामा समेत देखिएको छ । इन्टर्न डाक्टर अरुण उप्रेती भन्छन्, ‘दुई हप्ता पछि एमबीबीएस अन्तिम बर्षको प्रयोगात्मक परीक्षा हुँदै थियो तर आन्दोलनका कारण विरामी नै आउन छाडे । विरामीनै नभएपछि परीक्षाका सबै कार्यक्रम रद्ध भएको छ ।’

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले समेत अर्को सूचना नआएसम्मका लागि परीक्षाका कार्यक्रम स्थगित भएको जनाएको छ ।

यता आन्दोलनकारी समूहका एक जना सदस्य प्रदीप पोखरेलले सेवा सुविधा सम्वन्धी आफूहरुका १५ सुत्रीय माग पुरा नगर्दा सम्म आन्दोलन जारी रहने बताए ।

उनले अस्पताल प्रशासनले लामो समय देखि आफूहरुलाई झुक्याई रहेको भन्दै यसपटक माग पुरा भएपछि मात्रै आन्दोलन निस्कर्षमा पुग्ने दावी गरे ।उनले आफूहरु माग पुरा गराउन दैनिक रुपमा अस्पताल परिसरमा पुगेर शान्तिपूर्ण धर्ना दिने गरेको बताए । 

हस्पिटलका बरिष्ठ प्रशासक अक्षय गौतमले भने आन्दोलनकारी कर्मचारीको मागको सम्वन्धमा आफूहरु गम्भीर रहेपनि परिस्थितिबस सबै पुरा हुन नसक्ने संकेत गरे ।

‘हामी पनि चाहन्छौँ कर्मचारीका मागहरु सहजै पुरा होस तर मुख्य आम्दानीको सोर्स कलेजको विद्यार्थी र शुल्क घटेको छ । कसरी त्यो माग पुरा गर्न सकिन्छ ?’ प्रतिप्रश्न गर्र्दै उनले भने, ‘पहिलो कुरा एमबीबीएस १५० सिट थियो अहिले ९० मा झरेको छ । शुल्क बढाउन पाइएको छैन । धेरै कोटाका लागि तयार गरिएको जनशक्ति पूर्वाधार अहिले सञ्चालनमा ल्याउन नै मुस्किल भएको छ । आम्दानी नै घटीरहेको बेला कसरी सुविधा बढाउन सकिन्छ ।’

कर्मचारीको आन्दोलन पछि बोर्ड अफ डाइरेक्टरले आंशिक रुपमा सुविधा बृद्धि गर्ने प्रस्ताव राखेपनि कर्मचारीले नमानेको उनले बताए ।

असार सम्मका लागि एउटा सहमति गरौँ त्यसपछि सरकारी तलव पनि बढ्ला हामीले पनि सोही अनुसार गरौँला । ‘बोर्ड अफ डाइरेक्टरले भनेको थियो तर साथीहरुले मान्नु भएन,’ गौतमले भने, ‘अव पनि आन्दोलन छाडी बार्तामा आए त्यसमा सोच्न सकिन्छ ।’

आन्दोलनकारीको १५ सुत्रीय माग यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *