महाराजगञ्ज स्ववियूद्धारा आइओएम डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ, ६ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) डीन कार्यालयले आफ्ना माग पुरा नगरेको भन्दै महाराजगञ्ज क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित भएको छ । उसले आजै देखि आईओएम डीन कार्यालयमा तालाबन्दी गरेको छ ।

स्ववियू अध्यक्ष डा. मिलन गैरेले आफूले उठाउँदै आएका शैक्षिक तथा प्रशासनिक मागमा डीन कार्यालयले वेवास्ता गरेको भन्दै बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको बताए ।

‘हामीले पटक पटक ध्यानाकर्षण गरायौँ तर डीन अफिसले विगतका सहमति कार्यान्वनय गरेन त्यसैले बाध्य भएर यो कदम चाल्न बाध्य भएका हौँ,’ डा . गैरेले भने ।

उनले यसपटक त्रिवि शिक्षण अस्पतालमा भएका वेथिति विरुद्ध पनि आफूहरुको माग केन्द्रीत रहेको बताए । ‘अस्पतालमा आम सर्वसाधारण गरीब जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर त्यस्तो देखिएको छैन् । इएचएस सेवा समेत प्रभावकारी देखिएको छैन । आइओएम अन्तरगर्तको मुलुककै ठूलो अस्पतालको सेवा अस्तव्यस्त हुनु लज्जाको विषय हो । हामीले यी सबै कुराहरुमा सुधार हुनुपर्छ भनेका छौँ,’ डा.गैरेले भने ।

स्ववियूले उठाएका माग

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *