डेन्टल अध्ययनका लागि बंगलादेश पुगेकी नेपाली विद्यार्थीद्धारा आत्महत्या

काठमाडौँ, ५ पुस । बंगलादेशमा डेन्टल पढ्दै गरेकी एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन् ।

ढाकाको भतरास्थित पाईनर डेन्टल कलेजमा बीडीएस तेस्रो बर्ष अध्ययनरत विनिसा साहको मंगलबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको छ । अनुसन्धान गरेको प्रहरीले आत्महत्या गरेको आंशका गरेको छ ।

‘यस सम्वन्धी जानकारी मैले २ः१५ मा पाएको थिएँ जानकारी प्राप्त गर्ने बित्तिकै मैले टोलिलाई घटनास्थलमा पठाएको थिएँ,’ घटनाको अनुसन्धान गरेका प्रहरी अधिकारी करुम्जनले भने ।

बिनिसा पाईनर डेन्टल कलेजको २२औं ब्याज कि विद्यार्थी हुन् । उनी मंगलबार कलेजले लिएको आन्तरिक परीक्षामा समेत सहभागी थिइन । परीक्षा राम्रो नभएको भन्दै समय सकिनु आधा घण्टा अघि परीक्षा हलबाट बाहिरिएकी उनी होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनका सहपाठीहरुले भने  कलेज प्रशासन र शिक्षकहरुलाई दोशी देखाएका छन् । परीक्षाका बेलामा अनेक तनाव थपिदिने र जवरजस्ती फेल गराई घुुस लिन पल्केकाहरुको शिकार आज विनिसा भएकी हुन् । सहपाठीहरुले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।

त्यसअघि कलेज प्रशासनले दोस्रो परीक्षा दिनका लागि तत्काल दुई लाख टाका माग गरेको र परीक्षाका बेलामा तनाव दिएको समेत साथीहरुको आरोप छ ।

विनिसाको सव अहिले ढाका मेडिकल कलेजमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *